हुम्लाबाट भारत गएका एकै घरका तीन जना बेपत्ता भएका छन्।
अदानचुली गाउँपालिका–६ पाल्सकी एक महिला र उनका दुई सन्तान भारतको हिमाचल प्रदेशको सिमलाबाट बेपत्ता भएका हुन्।
२२ वर्षीया मङ्गली लोहार टमाटा र उनका सात वर्षका छोरा सौरभ र तीन वर्षका छोरा सुभाष गएको ६ दिनदेखि सम्पर्कमा नरहेका मंगलीका पति मेलेबहादुर लुहारले बताए। मेलेबहादुर पत्नी र छोरासहित हिमाञ्चल बस्दै आएका थिए।
असार ८ गते आइतबार बिहान डेराबाटै पत्नी र छोराहरु बेपत्ता भएका भन्दै उनले खोजीको लागि स्थानीय प्रहरीलाई आग्रह गरेका छन्।
लुहारका अनुसार त्यसदिन मंगली दुई छोरालाई साथमै लिएर एकछिनको लागि भन्दै बाहिर गएकी थिइन्। त्ययता उनी फर्किएकी छैनन्।
बेपत्ताहरुको खोजीमा सहयोगको लागि नेपालमा रहेका मंगलीका देवर हर्कलाल लोहारले सबैमाअपिल गरेका छन्।
Shares

प्रतिक्रिया