ad ad

समाज


बिल्किस बानोलाई सामूहिक बलात्कार गर्ने ११ जनाद्वारा मध्यराति जेलमा आत्मसमर्पण

बिल्किस बानोलाई सामूहिक बलात्कार गर्ने ११ जनाद्वारा मध्यराति जेलमा आत्मसमर्पण

नेपालखबर
माघ ८, २०८० सोमबार १०:१३, काठमाडौँ

भारतको सर्वोच्च अदालतको फैसलापछि बिल्किस बानो बलात्कार काण्डका ११ जना दोषीले आइतबार मध्यराति गुजरातको पञ्चमहल जिल्लाको गोधरा सब-जेलमा आत्मसमर्पण गरेका छन्।

स्थानीय अपराध शाखाका इन्स्पेक्टर एनएल देसाईले समाचार एजेन्सी पीटीआईलाई भने, ‘सबै ११ जना दोषीले आइतबार राति जेल प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन्। यी दोषीहरू जनवरी २१ (आइतबार) मध्यरातअघि जेल पुगेका थिए, आत्मसमर्पणका लागि २१ तारिख सममसीमा तोकिएको थियो।’ 

यही जनवरी ८ मा भारतीय सर्वाेच्च अदालतले बिल्किस बानो बलात्कार काण्डका ११ जना दोषीलाई गुजरात सरकारले दिएको रिहाइको निर्णय रद्द गरेको थियो।

गुजरात सरकारले सन् २०२२ मा स्वतन्त्रता दिवसका अवसरमा बिल्किस बानो काण्डका दोषीहरूलाई केही समयअघि रिहा गर्ने निर्णय गरेको थियो। यस निर्णयलाई बिल्किस बानोले सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन्।

११ जना दोषीमा बकाभाई वोहनिया, विपिन चन्द्र जोशी, केसरभाई वोहनिया, गोविन्द नाइ, जसवंत नाई, मितेश भट्ट, प्रदीप मोरधिया, राधेश्याम शाह, राजुभाई सोनी, रमेश चन्दना र शैलेश भट्ट छन्।

सन् २००२ मा गुजरातमा भएको दंगामा २१ वर्षीया बिल्किस बानोलाई सामूहिक बलात्कार गरिएको थियो। त्यतिबेला उनी पाँच महिनाकी गर्भवती थिइन्। उनकै अगाडि तीन वर्षकी छोरीको हत्या भएको थियो। उनको परिवारका सात सदस्यको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .