ad ad

समाज


आफ्नो भिडिओ भाइरल भएपछि रामदेवको स्पष्टीकरण- म महाशूद्र हुँ...(भिडिओ)

आफ्नो भिडिओ भाइरल भएपछि रामदेवको स्पष्टीकरण- म महाशूद्र हुँ...(भिडिओ)

नेपालखबर
पुस २९, २०८० आइतबार १४:२६, काठमाडौँ

उद्योगपति तथा योग गुरु रामदेवको एउटा भिडिओ पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा रामदेव भन्छन्, ‘मेरो मूल गोत्र ब्रह्मा गोत्र हो र म अग्निहोत्री हुँ। म अग्निहोत्री ब्राह्मण हुँ। भन्नुभयो– बाबाजी! तपाईं ओबीसी (पिछडिएका जाति) हुनुहुन्छ। ओबीसी जनता...यसो गर। म अग्निहोत्री ब्राह्मण हुँ, म वेदी ब्राह्मण हुँ, म द्विवेदी ब्राह्मण हुँ। म त्रिवेदी ब्राह्मण हुँ। म चतुर्वेदी ब्राह्मण हुँ। मैले चार वेद पढेँ।’

तर, सामाजिक सञ्जालमा सेयर भइरहेको भिडिओ क्लिपमा रामदेवले कुन आधारमा यस्तो भनेका हुन् भन्ने स्पष्ट भएको छैन।

यो भिडिओ सेयर गर्दा धेरैले आपत्ति जनाएका छन् र पतञ्जलि बहिष्कार गर्ने ह्यासट्याग पनि प्रयोग गरेका छन्।

यो भिडिओ कहिलेको हो, थाहा छैन। तर उक्त भिडिओ स्वतन्त्र रूपमा अनुसन्धान गर्न नसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

तर भिडियो भाइरल भएपछि रामदेव मिडियाको अगाडि आएर आफ्नो स्पष्टीकरण दिएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार बाबा रामदेवले भने, ‘हामीले त्यस्तो कुनै बयान दिएका छैनौँ।’

ओबीसीबारे पत्रकारले सोध्दा उनले भने, ‘ओवैसी। ओवैसी पक्कै पनि उल्टो दिमागको छ नै। ओवैसी र उनका पुर्खाको सोच देशद्रोही भएको छ। हामी यसमा कुनै कुरालाई गम्भीरतापूर्वक लिदैनौँ। यो ओबीसीको बारेमा होइन, हामीले ओबीसीको बारेमा कहिल्यै नकारात्मक कुरा भनेका छैनौँ।’

उक्त भिडिओको पूर्ण अंश भारत स्वाभिमान, मुख्यालय–हरिद्वारको सामाजिक सञ्जाल ह्यान्डलमा पनि सेयर गरिएको छ।

यसका साथमा रामदेवको कार्यालयका तर्फबाट लेखिएको छ, ‘पूरै भिडिओ यो हो, जो भारत तोड्न चाहन्छन्, जातजातिमा बाँड्न चाहन्छन्, आफ्नो रोटी सेकाउन चाहन्छन्, त्यस्ता षड्यन्त्रकारीहरूले यो पूरा क्लिप खोल्दैनन्। २० सेकेन्ड क्लिप राखेर जनतामा भ्रम फैलाउन चाहन्छन्। जनतालाई भ्रममा नपर्न तथा जातका नाममा देश भाँड्न खोज्नेले माफी माग्नुपर्छ। आदरणीय स्वामी रामदेवजी धेरै राम्रो काम गर्दै हुनुहुन्छ।’

सार्वजनिक भिडिओमा रामदेव थप्छन्, ‘म क्षत्रीय हुँ, डर हटाउँछु। म शूद्र हुँ, अशुद्धता हटाउछु। त्यसैले त म महाशुद्र हुँ। म महा ब्राह्मण पनि हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .