एकजना न्यायाधीशकी श्रीमतीले सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी छन्।
सर्वोच्च अदालतअगाडि काठमाडौंको सामाखुशी बस्ने ३९ वर्षीया आरती रावल गिरीले आत्मदाह कोसिस गरेकी हुन्।
न्यायाधीशसमेत रहेका श्रीमान् भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट छोडिएको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्।
श्रीमानसमेत रहेका गिरीलाई थुनामा राखी कानुनी कारबाही माग गर्दै उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेकी थिइन्।
उनलाई सर्वोच्च परिसरमा तैनाथ प्रहरीले तत्कालै नियन्त्रणमा लिई उपचारको लागि वीर अस्पताल लगिएको जनाएको छ।
312
Shares
प्रतिक्रिया