ad ad

समाज


कोलकाता उच्च अदालतले किशोरीलाई यौन इच्छा नियन्त्रण गर्न ‘उपदेश’ दिएपछि सर्वाेच्चको आपत्ति

कोलकाता उच्च अदालतले किशोरीलाई यौन इच्छा नियन्त्रण गर्न ‘उपदेश’ दिएपछि सर्वाेच्चको आपत्ति

भारतको सर्वाेच्च अदालत


नेपालखबर
पुस २०, २०८० शुक्रबार १४:५१, काठमाडौँ

भारतको सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला गर्दा नैतिकताको पाठ नपढाउन चेतावनी दिएको छ।

कोलकाता उच्च अदालतले एउटा यस्तै मुद्दामा गरेको फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उक्त चेतावनी दिएको हो। 

भारतीय सर्वाेच्च अदालतले भनेको छ– यौनसँग जोडिएका नैतिकता तथा युवक–युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा ‘गलत सन्देश’ प्रवाह हुन्छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार कोलकाता उच्च अदालतले हालै गरेको फैसलामा किशोरीहरूले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्नुपर्ने, आफ्नो अस्मिता रक्षा गर्नुपर्ने उल्लेख गरेको थियो। 

भारतीय सर्वोच्च अदालतका न्यायाधीशद्वय अभय एस ओका र उज्जल भुयनको इजलासले बिहीबार न्यायाधीशहरू संविधान र कानुनको सिद्धान्तअनुसार चल्नुपर्ने निर्देशन दिएको हो। 

इजलासले यौन अपराधसँग सम्बन्धित विषयमा नैतिकतासम्बन्धी ज्ञान र सल्लाह नदिन पनि न्यायाधीशहरूलाई सुझाव दिएको छ। 

सर्वोच्च अदालतले कोलकाता उच्च अदालतले गत अक्टोबर १८ गते सुनाएको निकै विवादित फैसलामा भनिएको छ, ‘दुई मिनेटको यौन आनन्दका लागि शरीर समर्पण गर्दा समाजमा किशोरीहरूको इज्जत समाप्त भएको छ।’

यसप्रति तीव्र असन्तुष्टि जनाउँदै भारतीय सर्वोच्च अदालतका न्यायाधीश ओकाले भनेका छन्, ‘यो केवल टिप्पणीका बारेमा मात्र होइन, अदालतको निष्कर्षका बारेमा पनि हो। यस्तो फैसला लेख्नु एकदमै गलत हो। न्यायाधीशहरूले कस्तो सिद्धान्त देखाउन खोजेका हुन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .