ad ad

समाज


ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी मैया कँडेललाई

ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी मैया कँडेललाई

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १४:५६, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको कार्यकारी निर्देशकमा मैया कँडेललाई पठाएको छ।

श्रममन्त्रालयको सीप विकास केन्द्रमा कार्यरत कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशक बनाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।

उनका अनुसार कँडेललाई नयाँ जिम्मेवारी सम्हाल्ने गरी शुक्रबारदेखि नै पठाइएको छ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा दुई युवकको ज्यान गएको थियो।

त्यसपछि तत्कालीन कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसयता खाली रहेको उक्त पदमा कँडेलले जिम्मेवारी पाएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .