समाज


मादी नदीमा महिलाको शव फेला

मादी नदीमा महिलाको शव फेला

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १३:१, काठमाडौँ

तनहुँको व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। 

पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad