कला


‘बिगुल’ को टिजर आएपछि बेनिशा लेख्छिन्- प्रचारका लागि फिल्ममा नभएको कुरा देखाइन्छ भने त्यसको हिस्सा बन्न चाहन्नँ

‘बिगुल’ को टिजर आएपछि बेनिशा लेख्छिन्- प्रचारका लागि फिल्ममा नभएको कुरा देखाइन्छ भने त्यसको हिस्सा बन्न चाहन्नँ

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १३:१६, काठमाडौँ

आइतबार ‘बिगुल’ को टिजर सार्वजनिक गरियो। जसमा अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका छ। टिजर सार्वजनिक भएको २४ घण्टा नबित्दै बेनिशाले एक स्टाट्स लेखेकी छिन्। 

जसमा उनले फिल्ममै नभएको कुरा प्रचारका लागि टिजरमा देखाइन्छ भने आफूले यस्तो अभ्यासको समर्थन नगर्ने र हिस्सा बन्न नचाहेको उल्लेख गरेकी छिन्। 

हुनत बेनिशाले कुनै पनि फिल्मको नाम लेखेकी छैनन्। तर, उनको अभिव्यक्तिअनुसार यो फिल्म ‘बिगुल’ सँग सम्बन्धित रहेको अनुमान लगाउन सकिन्छ। 

‘एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु, र मैले सधैं आफ्नो कामलाई सम्मान गरेको छु। म पेशागत आचरणमा विश्वास गर्छु र मानिसको भावनाको सधैं कदर गर्ने प्रयास गर्छु। यी वर्षहरूमा मैले कहिले राम्रो टिमसँग काम गर्ने अवसर पाएँ, त कहिले कम पेशागत टिमसँग पनि,’उनले देखेकी छिन्। 

बेनिशा अघि थप्दै लेख्छिन्, ‘तर परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैं मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु। एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सीमाना मलाई स्पष्ट छ। फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु। यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ।’

‘बिगुल’ को टिजरको अन्त्यमा बेनिशाको आवाजमा भनिएको छ, ‘कुनै पनि हालतमा जेनजीको भावना मर्नु हुँदैन।’ बेनिशाले टिजरमा समावेश यस अभिव्यक्तिप्रति संकेत गरेकी हुन् वा होइनन भन्ने कुरा खुल्न सकेको छैन। तर, आवाज भने बेनिशाकोनै सुनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad