तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
बिहीबार म्याग्दे गाउँपालिका १ गुणादीस्थित पृथ्वी राजमार्गमा थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३०१ नम्बरको ३० जना सवार बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस आफैँ सडकको बाँया छेउको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो।
घाइतेहरुको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यी हुन् घाइते
१.जि. कास्की पोखरा म.न.पा. ३२ बस्ने बर्ष ४० रमेश आचार्य, टाउको र बाँया घुडामा चोट अवस्था मध्यम।
३.ऐ.ऐ. बस्ने बर्ष मोती बहादुर थापा, टाउकोमा चोट अवस्था सामान।
४.ऐ. ३ बस्ने बर्ष ९० को पशुपतीनाथ घिमिरे, अनुहारमा चोट अवस्था मध्यम।
५.ऐ. २ बस्ने बर्ष २२ की अस्मिता शाही, बाँया घुडामा भित्री चोट अवस्था सामान्य।
६.ऐ.ऐ. बस्ने बर्ष ६९ को पदम बहादुर दर्लामी, ओठमा र बाँया घुडामा भित्री चोट अवस्था सामान्य।
७.ऐ. ऋषिङ गा.पा. २ बस्ने बर्ष ५० को नर बहादुर माकिम, नाक र ओठमा चोट अवस्था मध्यम।
८.ऐ. घिरिङ गा.पा. ३ बस्ने बर्ष ५२ को ऋषीराम थापा, बाँया हातमा भित्री चोट अवस्था सामान्य।
९.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष १५ कि कञ्चन थापा, बाँया खुट्टा र बाँया आखाँमा चोट अवस्था सामान्य।
१०.ऐ.ऐ. बस्ने बर्ष ४६ को देउ बहादुर थापा, बाँया हातमा चोट अवस्था सामान्य।
११.ऐ. ५ बस्ने बर्ष २७ की सुमित्रा थापा, बाँया हातमा चोट अवस्था सामान्य।
१२.जि. चितवन भरतपुर म.न.पा. १ बस्ने बर्ष ५० की सुर्यकला आचार्य, दुबै खुट्टामा चोट अवस्था सामान्य।
339
Shares

प्रतिक्रिया