तनहुँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
उनीसँगै पौडी खेल्न गएका अर्का बालकको भने सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ नदीले बगाएर भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन्। भरतपुर –१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए।
प्रहरी नायब उपरीक्षक थापाले भने, ‘इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले वेपत्ता बालकको खोजतलास भइरहेको छ, तर फेला पार्न सकिरहेका छैनौँ।’ रासस
192
Shares

प्रतिक्रिया