समाज


राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरो खस्दा २ मजदुरको मृत्यु, ५ घाइते (नामावली)

राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरो खस्दा २ मजदुरको मृत्यु, ५ घाइते (नामावली)

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार ७:२७, म्याग्दी

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा साेमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन्। 

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन विद्युत आयोजनाको बाँधमा पहिरो खसेकाे हाे।

पहिराेमा पुरिएर बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५/४६ वर्षका लालबहादुर सुनारको घटनास्थलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। 

पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, भारत विहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका–७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ। 

सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ। बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरू पहिरोमा पुरिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad