पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक गरिएको छ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले १५ वटा कृतिको सूची प्रकाशित गरेको हो। यही सूचीबाट अब छनोट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने प्रतिष्ठानले जनाएको छ।
नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकामा तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा पन्ध्र पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको समितिका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।
सूचीमा परेका पुस्तकहरू:
१.अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी
३.एउटा मायी नगरमा–कथा संग्रह, रमेश क्षितिज
४.छालबाटो – गैह्र आख्यान, रमेश भुसाल
५.प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा
६.प्रवासीको देश हुन्न –आख्यान, पंचम अधिकारी
७.पानीको परेड – कविता, दिनेश अधिकारी
८.बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी
९.रुदाने – उपन्यास, टंक चौलागाई
१०.स्व – उपन्यास, सरस्वती प्रतीक्षा
११.साँझमा सेल्फी – कविता, हेम प्रभास
१२.सावर्णि – उपन्यास, डा श्रीधर खनाल
१३.सिमसारा – आख्यान, वसन्त बस्नेत
१४.श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र
१५.हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ

Shares

प्रतिक्रिया