समाज


डढेलो नियन्त्रण गर्ने जुक्ति: वनबाट पतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कारको घोषणा

डढेलो नियन्त्रण गर्ने जुक्ति: वनबाट पतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कारको घोषणा

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८१ सोमबार ५:३१, गोरखा

देशैभरि वन जंगलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ। 

कार्यक्रमअन्तर्गत पतिङ्गर संकलन गरेबापत पालिकाले नगद पुरस्कार दिने घोषणा गरेको छ। 

पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर संकलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। 

उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर संकलन गर्न पाउने छन्। गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए।

‘संकलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ। त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ,’  उनले भने, ‘कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ।’ 

पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर संकलनबापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पुर्‍याउने विश्वास गरिएको छ। 

हाल गाउँपालिकाका अधिकांश वनजंगलमा धमाधम पतिङ्गर संकलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad