समाज


म्याग्दीमा बने २९१ झोलुङ्गे पुल

म्याग्दीमा बने २९१ झोलुङ्गे पुल

नेपालखबर
चैत २४, २०८१ आइतबार ११:३६, म्याग्दी

म्याग्दीकाे रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ। ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए।

“खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ”, उनले भने, “अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो।” रघुगङ्गा गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो।

रघुगङ्गा गाउँपालिकाले चार लाख ७२ हजार ४७७ र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले ३० लाख ८९ हजार २७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले ७२ हजार ६८८ बराबरको श्रमदान गरेका छन्।

जिल्लामा झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगङ्गा र बेनी नगरपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माण भएको छ।

आव २०८०/८१ मा छ र आर्थिक वर्ष २०७९/८० मा नौ झोलुङ्गे पुल निर्माण भएको थियो। मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुङ्गे पुल छन्। 

झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवातजावतमा सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad