समाज


बढ्दै छ गर्मी, कहाँको तापक्रम कति?

बढ्दै छ गर्मी, कहाँको तापक्रम कति?

काठमाडौँमा चर्केको घाम


नेपालखबर
चैत २४, २०८१ आइतबार ११:४२, काठमाडौँ

केही दिनयता देशभर तापक्रम बढ्दो छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) सबैभन्दा बढी न्यूनतम तापक्रम विराटनगरमा २०.८ डिग्री सेल्सियस छ भने सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.८ डिग्री सेल्सियस छ। 

यसैगरी आज बिहान ८ः४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.८ डिग्री सेल्सियस छ।  

आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मात्र मापन गरिन्छ।

शनिबारको विवरणअनुसार सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवामा ३९.५ डिग्री सेल्सियस छ।

यस्तै शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८.४ डिग्री सेल्सियस छ। 

हेर्नुहोस् तापक्रम सूची: (न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad