समाज


सम्झौता भएको पाँच वर्ष बित्यो, तर सुरु भएन पुल निर्माण

सम्झौता भएको पाँच वर्ष बित्यो, तर सुरु भएन पुल निर्माण

नेपालखबर
चैत २०, २०८१ बुधबार ११:५२, म्याग्दी

म्याग्दीको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो। 

विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ।

पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझादरी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप प्रदान गरेको रु ३३ लाख धरौटीबाट फिर्ता लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad