दोलखामा भिरबाट लढेर एक युवकको मृत्यु भएको छ।
गौरी शंकर गाउँपालिकामा –१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको भिरबाट लढेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गएको मंगलबार उनी भिरबाट लढेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा गएराति ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिए।
उनी घाँस काट्न गएका बेला स्थानीय तिरेपु भिरबाट तल खसेर घाइते भएका थिए।
327
Shares

प्रतिक्रिया