म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ।
स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेर मृत्यु भएको अवस्थामा स्थानीयले शव फेला पारेका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। वृद्धको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए।
प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
165
Shares

प्रतिक्रिया