समाज


बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

उकालोमा ब्याक भएर जिप सडकबाट खस्यो
बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ५:५४, काठमाडौँ

बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। 

बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय  बागलुङले जनाएको छ। 

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको हो। 

दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन्। घाइते एकजनाको परिचय खुल्न बाँकी छ। 

घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ। सामान्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad