तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० रुपैयाँसहित १३ जना पक्राउ परेका छन्।
स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।
जुवाको खालबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने प्रहरीको तयारी छ। रासस
24
Shares

प्रतिक्रिया