खेल


भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी

भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १०:२०, काठमाडौँ

दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको तेस्रो टी-२० खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत विजयी भएको छ। 

बुधबार साँझ भएको प्रतिस्पर्धा भारतले ११ रनले जितेको हो। योसँगै भारतले टी-२० सिरिजमा २-१ को अग्रता पनि बनाएको छ।

उत्कृष्ट शतक प्रहार गर्ने तिलक बर्मा खेलको उत्कृष्ट खेलाडी चुनिए। खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङमा आएको भारतीय टोलीको सुरुवात राम्रो भएन। पहिलो टी-२० खेलमा शतक प्रहार गरेका सञ्जु सामसन दोस्रो बलमा खाता नखोल्दै मार्को जान्सनले क्लिन बोल्ड भए।

तर यसपछि अभिषेक शर्मा र तिलक बर्माले इनिङ्स सम्हाल्दै १०७ रनको साझेदारी गरे। अभिषेक शर्माले मात्र २५ बलमा ५० रन बनाए। जसमा तीन चौका र पाँच छक्का सामेल थिए।

तिलक बर्माले पनि ५६ बलमा सात छक्का र आठ चौकाको मद्दतले १०७ रनको इनिङ खेले। भारतले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनायो।

लक्ष्य पछ्याउने क्रममा आयोजक दक्षिण अफ्रिकी टोलीले भारतको तुलनामा राम्रो सुरुवात गरेको थियो। तर सुरुआती र मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले त्यसलाई सदुपयोग गर्न सकेनन्।

तल्लो क्रमका लागि मार्को जान्सनले १७ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५४ रनको शानदार इनिङ खेले। मध्यक्रममा समेत हेनरिक क्लासेनले मात्र २२ बलमा ४१ रन बनाए।

तर दुवैले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् र दक्षिण अफ्रिकी टोलीले २० ओभरमा सात विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। 

शृंखलाको अन्तिम टी-२० खेल नोभेम्बर १५ मा जोहानेसबर्गमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad