ad ad

समाज


पहिरो खसेपछि बेँसीसहर–चामे सडक फेरि अवरुद्ध, २ जिल्लाका नागरिकलाई सास्ती

पहिरो खसेपछि बेँसीसहर–चामे सडक फेरि अवरुद्ध, २ जिल्लाका नागरिकलाई सास्ती

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार १०:१८, काठमाडौँ

पटकपटक अवरुद्ध हुँदै आएको बेँसीसहर चामे सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ। 

अविरल वर्षाको कारण गएराति बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले ले जनाएको छ।

प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो हटाइए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको जानकारी दिए। 

पैसठ्ठी किलोमिटर लामो बेँसीसहर चाँमे सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .