ad ad

समाज


मध्यविन्दुमा ३ जना सवार मोटरसाइकल पल्टिँदा १ को मृत्यु, २ घाइते

मध्यविन्दुमा ३ जना सवार मोटरसाइकल पल्टिँदा १ को मृत्यु, २ घाइते

नेपालखबर
चैत ८, २०८० बिहिबार ८:५२, नवलपरासी

नवलपरासीको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

मध्यविन्दु नगरपालिका–११ दमारचोकस्थित भित्री सडकमा गएराति दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छभने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। 

मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .