ad ad

कारोबार


नेपालले किनेको चिकित्सा सामग्री लिन निगमको वाइडबडी शनिबार ग्वान्झाउ जाने

नेपालले किनेको चिकित्सा सामग्री लिन निगमको वाइडबडी शनिबार ग्वान्झाउ जाने

वसन्त अर्याल
चैत १४, २०७६ शुक्रबार ६:२०,

कोरोना भाइरस संक्रमण रोकथामको लागि आवश्यक सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज भोलि (शनिबार) चीनको ग्वान्झाउ जाने भएको छ।

कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार चीन पठाउन लागिएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ।

निगमकी प्रवक्ता अर्चना खड्काले वाइडबडी जहाज नै चीन जाने बताएकी हुन्।

‘कति बजे जाने भन्ने चीनबाट अझै अनुमति आएको छैन’, उनले नेपालखबरसँग भनिन्, ‘तर वाइडबडीमार्फत आवश्यक सामग्री ल्याइने हामीलाई जानकारी गराइएको छ।’

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि वाइडबडी भोलि नै चीन जाने बताएका छन् ।

वाइडबडीले ल्याउने सामग्री चीनले अनुदानमा दिएको नभई नेपाल सरकार आफैँले खरिद गरेर ल्याउन लागेको हो। कोरोनाको उपचारका लागि आवश्यक पर्ने किट तथा डाक्टरहरुले लगाउने सुरक्षा कवचको अभाव रहेको छ।

यसैबीच, चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .