ad ad

कारोबार


३०५ जना विदेशी नागरिक लिएर दाेहा उड्याे कतार एयरवेज, रेस्क्यु उडान शनिबार पनि

३०५ जना विदेशी नागरिक लिएर दाेहा उड्याे कतार एयरवेज, रेस्क्यु उडान शनिबार पनि

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ६:२८,

शुक्रबार बिहान काठमाडौंबाट ३ सय ५ जना विदेशी कतार एयरवेजकाे रेस्क्यु फ्लाइटबाट दोहा उडेका छन्।

बिहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कतार एयरले बिभिन्न देशका नागरिकलाई उद्धार गरेर लगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उनका अनुसार कतार एयरवेजले रेस्क्यु फ्लाइटको रुपमा उडान भरेको हो ।

उद्धार गरिएकोमा १ सय ९० जना जर्मन नागरिक रहेका छन्। बिहीबार रेस्क्यु फ्लाइटका लागि अनुमती दिइएको थियो ।

देशका विभिन्न ठाउँबाट उद्दार गरिएका पर्यटकसहित काठमाडौंमा भएका पर्यटकसमेत गरी सो उडानमार्फत् सम्बन्धित देश पठाइएको हो ।

‘लकडाउनका कारण नेपालमा फसेका १९० जना जर्मनीका नागरिक सहित ३०५ जना विदेशी लगेर ११ः५० मा उडान भरेको छ,’ क्षेत्रीले भने ‘भोली पनि नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई लैजान कतार एयरवेजले उडान अनुमति लिएको छ।’

बिहीबार पोखरा र लुक्ला एरपोर्टबाट विभिन्न देशका नागरिकलाई उद्दार गरी काठमाडौं ल्याइएकाे थियो ।

शनिबार १०ः१५ बजे अवतरण गर्न अनुमती दिइएको छ।

सरकारले चारदिनदेखि हवाई उडान समेत बन्द गरेर देश नै लकडाउन गरेको हुँदा रेस्क्यु उडानमार्फत् विदेशीहरुको उद्दार गरी सम्बन्धित मुलुकतर्फ लगिएको हो।

यसबीचमा उद्धारका लागि देशभित्र र बाहिर अनुमति दिए पनि नियमित फ्लाइट भने हुन सकेका छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .