समाज


बेलायतमा ८ जना बलात्कार गरेको कसुरमा यी नेपालीलाई सुनाइयो २५ वर्ष जेल सजाय

बेलायतमा ८ जना बलात्कार गरेको कसुरमा यी नेपालीलाई सुनाइयो २५ वर्ष जेल सजाय

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार २१:२३, काठमाडौँ

बेलायतमा एक नेपालीलाई ७ बालिका र १ महिलालाई यौन शोषण तथा बलात्कार गरेको कसुरमा त्यहाँको अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेलायतको पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले यौन अपराधमा २५ वर्षको काराबासको फैसला गरेको हो। 

उनले १९ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार तथा यौन शोषण गरेको ठहर अदालतले गरेको छ। 

ढकालको पुर्ख्यौली घर काठमाडौँमा रहेको बताइएको छ। 

सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जना पीडित खुलेका थिए। 

पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।

क्याम्ब्रिज क्राउन कोर्टका न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष 'विस्तारित लाइसेन्स अवधि' (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका हुन्।

ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad