ad ad

समाज


वैदेशिक रोजगारीमा जानेलाई जोनसोन खोप उपयुक्त, करिब एक लाख मागपत्र

वैदेशिक रोजगारीमा जानेलाई जोनसोन खोप उपयुक्त, करिब एक लाख मागपत्र

नेपालखबर
साउन १, २०७८ शुक्रबार १३:२२,

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेलाई एक डोज मात्रै लगाए पुग्ने खोप दिलाउन माग गरेको छ। वैदेशिक रोजगारीमा जानेलाई दोश्रो डोज खोपका लागि पर्खिनु पर्दा भिसा म्याद सकिने भएकाले एक डोज मात्रै लगाउँदा हुने खोप दिलाउन मन्त्रालयले पत्र पठाएको हो। 

तर स्वास्थ्य मन्त्रालयले जवाफ नदिएको श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बताए। जोनसन एण्ड जोनसनको खोप को-भ्याक्समार्फत अमेरिकाले नेपाललाई १५ लाख डोज दिएको छ। यो खोप एक डोज मात्रै लगाए पुग्छ। असार २९ गतेबाट यो खोप लगाउन सुरु गरिएको छ। 

अहिले वैदेशिक रोजगारीका लागि ९८ हजार माग पत्र प्राप्त भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए। कतिपय श्रम गन्तव्यले भेरोलेसलाई मान्यता नदिएकाले पनि जोनसन खोप नै उपयुक्त विकल्प भएको श्रेष्ठले बताए। 

अहिलेलाई २ लाख डोज खोप छुट्याए पुग्ने श्रेष्ठले बताए। अमेरिकन र युरोपियन देशले फाइजर, एस्टाजेनिक, मोरेना र जोनसेन एण्ड जोनसेन खोपलाई मात्रै मान्यता दिएका छन् । कुवेत, साउदी, बहराइनले यी खोपलाई मान्यता दिएका छन्। दुबई र कतारमा भेरोसेललेपनि मान्यता पाएको छ। 

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक असार २९ गतेबाट खोप अभियान सुरु गरेको छ। भेरोसेल र जोन्सन खोप सुरु गरिए पनि वैदेशिक रोजगारीमा जानेहरुलाई भने जोन्सन खोप लगाउनेको प्राथमिकतामा राखिएको छैन। खोप अनिवार्य गरिएका देश जाने नागरिकले भेरोसेल लगाउन सक्ने उल्लेख छ। 

अहिले सबैभन्दा धेरै माग पत्र कतार र साउदीबाट आएको छ। महासचिव श्रेष्ठका अनुसार ५० हजार माग पत्र प्रमाणीकरणका लागि कतार दूतावासमा छन्। यस्तै २५ हजार बढी माग साउदीबाट आएको छ। उता युएई अहिले बन्द छ। 

नेपालका प्रमुख श्रम गन्तव्यमध्ये कुवेत र बहराइनले भ्याक्सिन लाएर मात्रै जान पाइने व्यवस्था गरेका छन्। साउदी र कतारमा भ्याक्सिन नलगाई जानेलाई क्वारेन्टिन बस्नै पर्ने नियम छ। तर क्वारेन्टिन महँगो रहेको श्रेष्ठले बताए। उनका अनुसार साउदीमा क्वारेन्टिन बस्न ८ सय डलर र कतारमा २५ सय रियाल तिर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .