समाज


दुई करोड बराबरको रक्तचन्दनको तेलसहित चुच्चेपाटीबाट आठजना पक्राउ

दुई करोड बराबरको रक्तचन्दनको तेलसहित चुच्चेपाटीबाट आठजना पक्राउ

रक्तचन्दनको तेलसहित पक्राउ परेकाहरु। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
जेठ १४, २०८० आइतबार १९:८, काठमाडौँ

प्रहरीले करिब २ करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेलसहित आठजनालाई पक्राउ गरेको छ। 

उनीहरुलाई यही शुक्रबार काठमाडौंको चुच्चेपाटीबाट ८० लिटर रक्तचन्दनको तेलसहित महानगरीय अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उक्त रक्तचन्द तेलको मूल्य प्रतिलिटर २ लाख ५० हजारका दरले अवैध कारोबार भइरहेका बेला आठजनालाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको पनि महाशाखाले जानकारी दिएको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने  ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका ८ घर भई चाबहिल २८ वर्षीय विनोद बराल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १५ घर भई कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली छन्।

त्यसैगरी रामेछापको लिखुतामाकोसी गाउँपालिका २ घर भइ काँडाघारी बस्ने ३५ वर्षीय नवीन दाहाल, रामेछापको लिखुतामाकोसी २ घर भई काँडाघारी ३९ वर्षीय गोकर्णहरि दाहाल छन्। 

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका ११ घर भइ काठमाडौंको चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय नलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका ९ घर भइ जडीबुटी ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदुधकोसी ६ घर भइ महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .