कारोबार


घरजग्गा कारोबारबाट ५५.२ प्रतिशतले घट्यो राजश्व

घरजग्गा कारोबारबाट ५५.२ प्रतिशतले घट्यो राजश्व

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १९:१६, काठमाडौँ

घरजग्गा कारोबारबाट ५५.२ प्रतिशतले राजश्व घटेको छ। चालु आर्थिक वर्षको शुरुवातमा घरजग्गा कारोबारमा देखिएको शिथिलताको कारण राजश्व साढे २५ अर्बले घटेको हो। 

चालु आर्थिक वर्षको फागुनसम्म पुँजीगत लाभकर १३ अर्ब ३९ करोड र  रजिष्ट्रेशन शुल्क ७ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ।

चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ। 

अघिल्लो वर्षको यहि अवधीमा पुँजीगत लाभकर ३३ अर्ब १० करोड र रजिष्ट्रेशन शुल्क १३ अर्ब १९ करोड गरी ४६ अर्ब २९ करोड संकलन भएको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा ६३ अर्ब २७ करोड रुपैयाँ घरजग्गाबाट राजश्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको शुरुमा आम्दानी नभएपनि फागुन यता सुधार हुँदै गएको छ।

सरकारले चालु आर्थिक वर्षको अन्तसम्म २.१७ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .