जाली नोटसहितका आपराधिक कार्यमा संलग्न भएर केन्द्रीय कारागारमा बन्दी युनुस अन्सारीमाथिको गोलीकाण्डले चार्ल्स शोभराजको रिहाइ अड्किएको छ।
२०६७ माघ २२ गते भारतको लखनउबाट आएका जस्जीत सिंहले शोभराजलाई नै भेट्ने बहानामा युनुसमाथि गोली हानेर गम्भीर घाइते बनाएका थिए।
उक्त गोलीकाण्डमा काठमाडौं जिल्ला अदालतले शोभराजलाई पनि ५ वर्षको जेल सजाय सुनाएको थियो। उक्त सजाय शोभरजाले कटाएको या नकटाएको पत्र काठमाडौं जिल्ला अदालतबाट प्राप्त नभएपछि शोभराजको रिहाइ रोकिएको हो।
केन्द्रीय कारागारमा थुनामा रहेका समयमा पटक पटक शोभराजलाई भेटेका सिंहले युनुसमाथि गोली हानेका थिए।
शोभराजलाई भेट्ने बहानामा कारागारभित्र प्रवेश गरी अन्सारीलाई गोली हानेको त्यसबेला खुलेको थियो। त्यही आधारमा शोभराजलाई पनि काठमाडौं जिल्ला अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो।
अमेरिकी नागरिकको हत्या प्रकरणमा पनि सजाय पाएका शोभराजले सजाय कटाइसकेको पत्र जिल्ला अदालत भक्तपुरले केन्द्रीय कारागारले पत्र पठाइसकेको छ।
सर्वोच्चले शोभराज ७७ वर्षमाथि भइसकेको आधारमा ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। उक्त आदेशअनुसार भक्तपुर अदालतले शोभराजले सजाय कटाइसकेको पत्र कारागारलाई बिहीबार पठाएको थियो।
तर काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डबारेको पत्र पठाइनसकेकाले शोभराज जेलमै रहेका हुन्। त्यहीकारण
उनलाई छाड्ने अन्योल भएको छ।
यस विषयमा काठमाडौं जिल्ला अदालतसँग पत्र माग्ने विषयमा कुरा भइसकेको जेलर ईश्वरी पाण्डेले बताएका छन्।
'युनुस अन्सारीको केशमा सजाय कटाइसकेको हो कि होइन भनेर पत्र चाहिएको हो', उनले भने, 'यसबारे हामीले काठमाडौं जिल्ला अदालतसँग समन्वय गरिसकेका छौँ।'
अब युनुसमाथिको गोलीकाण्डमा पनि काठमाडौं जिल्ला अदालतले छाड्नु भनेर पत्र पठाएमा उनी रिहा हुन सक्छन्। सर्वोच्चले शोभराजलाई बुधबार १५ दिनभित्र प्रक्रिया पूरा गरेर रिहा गर्न आदेश दिइसकेको छ।
Shares

प्रतिक्रिया