राजनीति


सर्वसम्मत माओवादी संसदीय दलको नेता बने प्रचण्ड

प्रमुख सचेतकमा हितराज पाण्डे
सर्वसम्मत माओवादी संसदीय दलको नेता बने प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १६:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।

माओवादी संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको  नेतामा पारित गरेको हो। 

माओवादी केन्द्रका एकजना सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डक सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिए। 

त्यस्तै माओवादीदले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेको छ। माओवादीले दलको उपनेता र सचेतक भने पछि चयन गर्ने जनाएको छ।

माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा भने छलफल भइरहेको छ। कांग्रेस र एमालेसहितले दलको नेता चयन गरिसकेका छन्।

प्रचण्ड अबको सरकारको नेतृत्व आफूले लिनुपर्ने पक्षमा छन्। उनले सत्ता गठबन्धनबाट अब प्रधानमन्त्री बन्ने पालो आफ्नो रहेको अडान लिएका छन्।

सत्ता गठबन्धन छोड्ने शर्तमा नेकपा एमालेले पनि प्रचण्डलाई यसै पटक प्रधानमन्त्री बनाउने प्रस्ताव दिइसकेको छ। तर प्रचण्ड सकेसम्म सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने पक्षमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad