समाज


घट्दै काठमाडौँको न्यूनतम तापक्रम, ४ डिग्री सेल्सियसतर्फ

घट्दै काठमाडौँको न्यूनतम तापक्रम, ४ डिग्री सेल्सियसतर्फ

नेपालखबर
पुस १७, २०८२ बिहिबार ९:२८, काठमाडौँ

आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियसमा ओर्लिएको हो।

यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा भने काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। सबैभन्दा मुनि झरेको तापक्रम न्यूनतम तापक्रम हो।  

बुधबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।

यस्तो छ देशका अन्य स्थानमा तापक्रम  (नोट : न्यूनतम मात्र आजका हुन् अधिकतम हिजैका)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad