सुरुवाती मापनमै आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखिएको हो।
उक्त समय काठमाडौँको न्यूनतम तापक्रम हिजो (बुधबार) ५.१ डिग्री सेल्सियस थियो भने अस्ति मंगलबार ५.२ डिग्री सेल्सियस थियो।
यद्यपि हिजो बिहान ८:४५ बजे पुन: मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल झरेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।
आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना प्रबल हुन्छ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
बुधबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम सूची:

Shares

प्रतिक्रिया