समाज


रसुवा बस दुर्घटना: गम्भीर घाइते ६ जनालाई काठमाडौँ पठाइयो

रसुवा बस दुर्घटना: गम्भीर घाइते ६ जनालाई काठमाडौँ पठाइयो

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ६:४०, रसुवा

रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेकोे बिहीबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा.उपाध्यायले जानकारी दिए।
 
रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस बिहीबार अपराह्न लहरेपौवामा दुर्घटना भएको हो। ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तीव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ।

दुर्घटनापश्चात सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad