समाज


पहिलो भेटमै सँगै बसेर रक्सी खाए, मातेपछि २० वर्षीय युवकले गरे ५० वर्षीय पुरुषको हत्या

पहिलो भेटमै सँगै बसेर रक्सी खाए, मातेपछि २० वर्षीय युवकले गरे ५० वर्षीय पुरुषको हत्या

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १०:२, हेटाैँडा

धादिङमा ५० वर्षका सुकबहादुर तामाङको हत्या आरोपमा २० वर्षीय एक युवक पक्राउ परेका छन्। 

निलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङको किनारमा मृत अवस्थामा फेला परेका सुकबहादुरको हत्या आरोपमा गजुरी गाउँपालिका–५ न्यौपानेगाउँ घर भई हाल धादिङकै निलकण्ठ नगरपालिका–४ रायोटारमा बस्दै आएका सुमन सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

गत शुक्रबार बिहान सडक किनारामा सुकबहादुरको शव फेला परेको थियो। 

घटनास्थलको प्रकृति अनुसार मृतकलाई कोही कसैले कर्तव्य गरी मारी फालेको हुनसक्ने आशंकामा प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो।

घटनाको भोलिपल्टै सुमनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए। उनका अनुसार सुनारले ५० बर्षीय सुकबहादुरलाई कुटपिट गरी हत्या गरेको खुलेको छ। 

बिहीबार साँझ सुकबहादुर र सुमन दुवैले सँगै बसेर मादक पदार्थ खाएका थिए।  मापसेका क्रममा विवाद हुँदा सुमनको कुटपिटबाट सुकबहादुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी हमालले बताए। 

यसअघि चिनजान नभएका उनीहरु सोही साँझमात्रै भेटिएको खुल्न आएको प्रहरीले जनाएको छ। मादकपदार्थ सेवन गरेका बेला सुमनले कुटपिट गर्दा गर्दा सुकबहादुरको ज्यान गएको हो। आरोपितले आफूबाट भएको हत्या घटना स्वीकार गरेका डीएसपी हमालले बताए। 

सुनारलाई हाल जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा पहिलो पटक ६ दिनको म्यादथप गरी अनुसन्धान भैरहेको धादिङ प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad