ग्लोबल


भारतले आक्रमण गर्ने आशंकापछि पाकिस्तान ´अलर्ट`

भारतले आक्रमण गर्ने आशंकापछि पाकिस्तान ´अलर्ट`

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १०:७, काठमाडौँ

भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला भएयता पाकिस्तान भारतबाट सैन्य आक्रमण हुने त्रासमा छ।

पाकिस्तानका सूचना मन्त्रीले मंगलबार बिहानै भिडिओ सन्देश जारी गरी भारतले आगामी २४ देखि ३६ घण्टा भित्र आक्रमण गर्ने योजना बनाइरहेको बताएका छन्।

सोही डरले पाकिस्तानले पनि आफ्नो तयारी सुरु गरेको जानकारी आएको छ।

पाकिस्तानी वायुसेनालाई निरन्तर सतर्क रहन आदेश दिइएको समाचार सार्वजनिक भएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो देश भारतबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको बताएका छन्।

यसैबीच पाकिस्तानले सीमा नजिकैका अग्रणी स्थानमा प्रमुख हवाई रक्षा सम्पत्ति र इलेक्ट्रोनिक युद्ध सेना तैनाथ गरेको रिपोर्ट आएको छ।

पाकिस्तानले निरन्तर हवाई तयारी अभ्यास गरिरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशका तीनै सेनालाई आतंकवादविरुद्ध लड्न दिएपछि पाकिस्तान पनि अलर्ट भएको खबर आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad