समाज


काभ्रेमा गाईगोठमा आगो लाग्दा २० लाखको क्षति

काभ्रेमा गाईगोठमा आगो लाग्दा २० लाखको क्षति

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १३:३, काभ्रे

काभ्रेमा गाई गोठमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

मंगलबार बिहान धुलिखेल नगरपालिका २ स्थित रविओपी बजगाई टोल बस्ने सन्तोष कुमार गौतमले संचालन गरेको गौतम पशुपंक्षी कृषि फार्ममा आगलागी भएको हो। 

इँटाको गारो, जस्ताको छानो भएको १ तल्ले ट्रस गोठमा अचानक आगलागी हुँदा ३ वटा गाई मरेका छन्। त्यसैगरि ५ वटा गाई आगलागीबाट घाइते भएका प्रहरीले जनाएको छ। 

आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगालागीको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad