समाज


माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, अर्का युवा गम्भीर घाइते

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, अर्का युवा गम्भीर घाइते

नेपालखबर
माघ २९, २०८१ मंगलबार ५:५३, नुवाकोट

नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन्।

काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापाको उपचार भइरहेको छ। 

माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad