हेटौँडामा पेट्रोल ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ।
उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
गएराति १ बजे मधेस प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायर मर्मत गर्ने क्रममा टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट हुँदा घटना भएको हो।
घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेस प्रदेश ०३-००२ ख ०३०० न।को ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा९११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-८ का लक्ष्मण थापा घाइते भएका छन्।
घाइतेमध्ये मधेस प्रदेश ०३-००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भईरहेको छ यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए।
Shares

प्रतिक्रिया