समाज


धादिङको गजुरीमा दुई बस आपसमा ठोक्किए, १३ जना घाइते

धादिङको गजुरीमा दुई बस आपसमा ठोक्किए, १३ जना घाइते

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १४:३, मकवानपुर (हेटौंडा)

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा आज बिहान दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। 

काठमाडौँबाट गोरखा जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस र चितवनबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार, तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका १३ जनालाई स्थानीय आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।

घाइतेहरूको अवस्थाबारे थप विवरण आएको छैन, तर प्रारम्भिक सूचना अनुसार केही घाइतेहरूको अवस्था सामान्य देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालका अनुसार दुर्घटनाग्रस्त बसलाई सडकबाट पन्छाएर अवरुद्ध यातायातलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारण र अन्य विवरणहरूको अनुसन्धान जारी राखेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad