कारोबार


कृषि औजार बिक्रीबाट मासिक ५० हजार आम्दानी

कृषि औजार बिक्रीबाट मासिक ५० हजार आम्दानी

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १०:४८, सुनसरी

सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न कृषि सामग्री बनाउनेमै बित्ने गरेको छ। उनी बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन्।  

वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उनी फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउँछन्। 

उनले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन्। उनले चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउँछन्।  

उनले भने, ‘फलामको सामग्री निर्माण गरेर मासिक  ४० देखि ५० हजार रूपैयाँसम्म आम्दानी हुन्छ। रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ।’ 

उनीजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ। 

त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दानीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आएको स्थानीय सन्तोष शर्माको भनाइ छ।

लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ।

पुर्ख्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको उनले बताए। आधुनिकताको विकास भए पनि  सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad