समाज


चावहिलका एक पुरुष हेटौँडाको होटलमा मृत भेटिए, घटना अनुसन्धान गर्दै प्रहरी

चावहिलका एक पुरुष हेटौँडाको होटलमा मृत भेटिए, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ९:३१, हेटाैँडा

काठमाडौँ घर भएका एक पुरुष हेटौँडामा मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका–७ चावहिलका ४६ वर्षीय अजय मानन्धर हेटौँडाको एक होटलको कोठामा मृत भेटिएका हुन्। 

हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०२ नम्बरको कोठामा मानन्धर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

हेटौँमा रहेको मामाघर आएका उनी उक्त होटलमा बास बसेको पाइएको प्रहरीले जनाएको छ। मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार (हिजो) अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मानन्धर मृत अवस्थामा भेटाएका हुन्। 

मानन्धर गत असोज २७ गते मामाघर आएको खुलेको छ। कार्तिक १ गते अर्थात् गत बिहीबार काठमाडौँ फकर्ने भन्दै उनी मामाघरबाट निस्किएका थिए। त्यसरात उनी सोही होटलमा बसेका थिए। 

अघिल्लो रात साथीहरुसँग फोनमा कुराकानी हुँदा उनले हेटौँडामै रहेको पल्पसा होटलमा बसेको जानकारी दिएका थिए। भोलिपल्ट अर्थात् शुक्रबार बिहानदेखि ती साथीले फोन गर्दा अजयको फोन नउठेपछि साथीहरु हेटौँडा आएर होटलको ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

मकवानपुर प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरेर मानन्धरको शव परीक्षणको लागि हेटौँडा अस्पतालको शव गृहमा राखीएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad