समाज


सुनकोसीले बगाएको खुर्कोटको पुल अबको ५ दिनमा बनिसक्ने

सुनकोसीले बगाएको खुर्कोटको पुल अबको ५ दिनमा बनिसक्ने

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ९:४३, रामेछाप

रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाका खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ। ​

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको छ। त्यसका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि काम भइरहेको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले जानकारी दिए।   

यो पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ। हाल पुलको पाता बिछ्याउने र लेबल मिलाउनेलगायत अन्य काम भइरहेका छन्।

पुल निर्माण सम्पन्न भए पनि पुलवारि मन्थलीतर्फको करिब २०० मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रूपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन। एकतर्फी भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए। 

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महँगिएको थियो। 

यसअघि बीपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौं आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए। नेपाली सेनाका अनुसार तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ।  

गत असोज १०, ११ र १२ गतेको वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल ९रामेछापतर्फ० बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad