ad ad

समाज


५ दिनअघि भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सिन्धुलीको फिक्कलमा भेटियो

५ दिनअघि भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सिन्धुलीको फिक्कलमा भेटियो

नेपालखबर
असोज १, २०८१ मंगलबार ८:५७, काठमाडौँ

गएको बिहीबारदेखि सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो गाडीका चालकको शव फेला परेको छ। 

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकैबाट बिहीबार भोटेकोसी नदीमा बा २० च २१८५ नम्बरको बोलेरो खसेको थियो। 

दुर्घटनामा ज्यान गुमाउने बाह्रबिसे नगरपालिका–९ कि ३५ वर्षीया सुन्तली तामाङको शव शनिबारै भेटिएको थियो। 

‘बोलेरो चालक भोटेकोसी गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव पनि फेला परेको छ,’ थापाले भने, ‘मृतकका छोराले शवको सनाखत गरेका छन्। गएराति नै शव परीक्षणको लागि धुलिखेल अस्पताल लगिएको छ।’

विपद् व्यवस्थापन वेश क्याम्प खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहित ९ जनाको टोलीले बोलेरो चालक तामाङको शव फेला पारेको हो। 

गत शुक्रबार बिहान बाह्रबिसे नगरपालिका–६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा बोलेरो नदीबाट निकालेको थियो। तर त्यसमा मानिस कोही पनि थिएनन्।

पछि आफन्तहरूले जानकारी गराएपछि प्रहरीले चालक सानु शेर्पा र यात्रु सुन्तली तामाङ नदीमा बेपत्ता भएको थाहा पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .