ad ad

समाज


काभ्रेमा एक महिनादेखि बेपत्ता व्यक्तिको शव भेटियो

काभ्रेमा एक महिनादेखि बेपत्ता व्यक्तिको शव भेटियो

नेपालखबर
साउन १७, २०८१ बिहिबार १२:३९, काठमाडौँ

काभ्रेमा सडिसकेको अवस्थामा एउटा शव फेला परेको छ। 

बुधबार साँझ पाँचखाल नगरपालिका- ६ काजीको सामुदायिक वनमा सडिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

बरको रुखको फेदमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव स्थानीय विजय श्रेष्ठको भएको आफन्तले बताएका छन्। 

श्रेष्ठ गएको असार १८ गतेदेखि बेपत्ता थिए। उनका बुवाले उक्त शव आफ्नै छोराको भएको भनेर सनाखत गरेका प्रहरीले जनाएको छ। 

श्रेष्ठकाे मृत्युकाे कारण भने खुलेकाे छैन। थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .