ad ad

समाज


कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु

नेपालखबर
साउन १६, २०८१ बुधबार ९:३०, चितवन

चितवनको भरतपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनमा कार्यरत सैनिक जवान तनहुँको भानु नगरपालिका १२ घर भएका २७ वर्षीइ निगम नेपाली सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा तनहुँको बन्दिपुर–३ घर भएका २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारले गएराति विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो।

मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किँदा सैनिक जवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार चालक धादिङको धुनिबेसी–७ बस्ने ४२ वर्षीय राजु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .