ad ad

समाज


धुलिखेलको जंगलबाट विदेशी महिलाको उद्धार

धुलिखेलको जंगलबाट विदेशी महिलाको उद्धार

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:२७, काठमाडौँ

प्रहरीले काभ्रेको धुलिखेल जंगलबाट एक विदेशी महिलाको उद्धार गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उद्धार गरिएकी महिला फ्रान्सेली नागरिक ५५ वर्षीया सिन्थिया पेट्रिघ हुन्।

आज बिहान १० बजे नमोबुद्ध गुम्बा भ्रमण गरेर फर्किने क्रममा धुलिखेल नगरपालिका १२ ताइचे खोलास्थित गोरेटो बाटोमा हिँड्ने क्रममा चिप्लिएर सडकबाट पाँच फिट तल खोल्सामा खसेको अवस्थामा प्रहरीले उनको उद्धार गरेको हो। 

स्थानीयले जंगलमा एक विदेशी महिला अलपत्र अवस्थामा फेला परेको भनेर जानकारी गराएपछि   प्रहरी चौकी श्यामपाटीबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो।  

चिप्लिएर लडेपनि उनमा कुनै चोटपटक नरहेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनी आरसीओ यूएनकी कर्मचारी भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित संस्थासँग समन्वय गरेर ती महिलालाई जिम्मा लगाउने प्रयास भइरहेको डीएसपी श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .