ad ad

राजनीति


निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद अर्याल

निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद अर्याल

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:३१, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताएकी छिन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताइन्।

‘यो वर्ष मात्रै करिब ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन्। हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौँ। कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो? लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटर भन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन,’ उनले भनिन्।

पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ? भन्दै उनले प्रश्न समेत गरिन्।

पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको उनको भनाइ थियो। 

राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएका त छैनन्। यस क्षेत्रमा हाम्रो ज्ञान अझै सिमिततामा रहेका त छैनौँ। यसमा सोच्नुपर्ने बेला भएको छ। यस राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्छ। निर्माण कार्यको लागि असरा कुर्ने ठिक होइन। चैत्र महिनाअघि सकाउनुपर्छ। वैशाखअगाडि मापदण्डअनुसार बनेको÷नबनेको मूल्यांकन सरकारले गर्नुपर्छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .