ad ad

समाज


चितवनमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोरको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोरको मृत्यु

नेपालखबर
पुस १३, २०८० शुक्रबार ५:२६, चितवन

चितवनको भरतपुर–माडी सडकखण्ड अन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो। 

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .