नुवाकोट घर भइ तारकेश्वर नगरपालिका सानोबाइपास बस्दै आएका ८ वर्षीय सुजन ग्लान तामाङ बिहीबारबाट बेपत्ता भएका छन्।
कक्षा १ मा अध्यनरत सुजन घरबाटै हराएका हुन्।
रातो टिर्सट र कालो पाइन्ट र कालै जुत्ता लगाएर खेल्न गएका उनी त्यसपछि घर नफर्केका बुबा कुमारले बताए।
उनले भने,‘बिहानै कोठाबाट निस्किएको थियो, खेल्न गयो होला भन्ने ठान्यौँ। तर दिनभर नफर्किएपछि खोजी गरे पनि अहिलेसम्म भेट्न सकेनौँ।’
बालकका बुबा कुमारले छोरो बिहीबार बिहानबाटै हराएपछि खोजीका लागि प्रहरी गुहारेका छन्।
घरबाट खेल्न हिँडेका सुजन त्यसपछि घर नफर्किएपछि उनले बिहीबार नै प्रहरी बृत्त बालाजुमा खोजीका लागि निवदेन दिएका छन्।
420
Shares

प्रतिक्रिया